Radio Radio Xpress 88.4 FM

Radio Xpress 88.4 FM

Nepalgunj, Bheri, Nepal

Radio Xpress
Radio Xpress

संयुक्त अरब इमिरेट्स्का राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । साग्रिला नेपाल एभरेष्ट एक्सपिडिसनमार्फत आरोहण गर्न गएका उहाँले नेपाली समय अनुसार वुधवार बिहान ९ बजेर ५९ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । नेपालमा सर्वसाधारणलाई शिक्षाको अधिकारका पक्षमा जनचेतना जगाउने र सगरमाथा आरोहणबाट केही रकम पनि संकलन गर्ने उद्देश्यसहित उहाँको टोली सगरमाथा आरोहणमा गएको हो । राजकुमार शेखसँग आएका २४ जनामध्ये १५ जनाको टोलीले शनिबार नै चुचुरोमा पाइला टेकेको थियो । यसबर्ष सगरमाथाको सफल आरोहण गर्नेको संख्या वुधवार विहानसम्ममा २ सय ९८ जना पुगेको छ । यही मे १० (बैशाख २९) बाट शुरु भएको आरोहण कार्य मौसमले साथ दिएमा मे २५ सम्ममा सकिने सम्पर्क अधिकारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यसबर्ष सगरमाथा आरोहणका लागि ३० आरोहण दलका ३ सय ३२ जना आरोहीले आरोहण अनुमति लिएका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत वुधवार भएका खेलमा देउराली क्लव, मिरमिरे युवा क्लब, नख्खु आदर्श युवा क्लब र जनमार्ग युथ क्लब विजयी भएका छन् । वुधवारको पहिलो खेलमा देउराली क्लबले युथ स्टेप क्लब अफ ईमाडोललाई ३–२ गोलले पराजित गरेको छ । देउरालीका लागि साजन ढुङ्गेलले ६, सुजन थापा मगरले ४४ र ५२ औं मिनेटमा गोल गरेका थिए भने युथ स्टेटका लागि अमिर लामाले ६९ र ७७ औं मिनेटमा गोल गरेका थिए । यस्तै दोश्रो खेलमा मिरमिरे युवा क्लबले बाजुल फ्रेण्डस क्लबलाई ८–० गोलले पराजित गरेको छ । मिरमिरेका लागि सुरज तामाङ्गले १०, विजय अधिकारीले १६, अर्जुन राई १८, साजन खत्रिले २३, २९ ४० र ४४ औं मिनेटमा गोल गरेका थिए । तेश्रो खेलमा नख्खु आदर्श युवा क्लबले दि एकता युवा क्लबलाई ३–१ गोलले पराजित गरेको छ । नख्खुका लागि प्रविन मानन्धरले ३३, मनोज जोशीले ६० र निशान तामाङ्गले ७६ औं मिनेटमा तथा दि एकताका लागि रविन देउलाले ४०+१ औं मिनेटमा गोल गरेका थिए । चौथो खेलमा जनमार्ग युथ क्लबले बालाजु फुटबल एसोसियनलाई ३–१ गोलले पराजित गरेको छ । जनमार्गका लागि मनोज बुढाथोकीले ३१, सुरेन्द्र अधिकारीले ४०, गोकर्ण अधिकारीले ६३ औं मिनेटमा गोल गरेका थिए भने बालाजुका लागि गनेन्द्र थापाले ५५ औ मिनेटमा गोल गरेका थिए । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार संघको आयोजनामा सानोगौचरण खेल मैदानमा प्रतियोगिता संचालन भईरहेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

भारतमा चलिरहेको आइपीएल क्रिकेटको सेमिफाइनलको हिजोको खेलमा माइकल हसी र सुरेश रैनाले विस्फोटक व्याटीङ गरेपछि चेन्नई सुपरकिंगस मुम्बइ इन्डियन्सलाई ४८ रनले हराउँदै फाइनलमा पुगेको छ । भारतमा जारी छैठौं संस्करणको इन्डियन्स प्रिमियिर लिग आइपीएलको गएराति भएको खेलमा टस जितेर पहिला व्याटीङ गरेको चेन्नईले निर्धारित २० ओभरको खेलमा १ विकेट गुमाउदै १९२ रन बनायो । चेन्नईका लागि माइक हसीले अविजित ८६ रनको योगदान दिए । ५८ बल खेलेका हसीले १० चौका र दुई छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले पनि अविजित ८२ रनको योगदान दिए । ४२ बल खेलेका रैनाले ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै मुरली विजयले २३ रनको योगदान दिएका थिए । मुम्बईका लागि किरन पोलार्डले विकेट लिएका थिए । १९३ रनको विजयी लक्ष्यका साथ मैदानमा ओर्लेको मुम्बई इन्डियन्सले निर्धारीत २० ओभरको खेलमा १८ दशमलव ४ ओभर खेल्दै सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । मुम्बइका लागि ड्यान स्मिथले सर्वाधिक ६८ रनको योगदान दिएका थिए । यस्तै रोहित शर्मा २४, दिनेश कार्तिका ११ रन बनाएर आउट भए । मुम्बईका अन्य व्याट्समेनले खुलेर खेल्न सकेनन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

बर्मामा जातीय दंगा भड्काएको आरोपमा दोषी ठहर गर्दै सात जनालाई जेल हालिएको छ । गत मार्च महिनामा बर्माको मेक्तिला शहरमा भएको जातीय दंगामा दोषी ठहर भएका सात जना मुश्लिमलाई जेल चलान गरिएको हो । दंगाकै क्रममा भिक्षुको हत्या गरेको आरोप लागेका एक जनालाई ३४ बर्षको जेल तोकिएको छ भने अरुलाई १४ बर्षको जेल तोकिएको छ । घटनामा संलग्न भएको आरोपमा एक सयभन्दा बढी मुश्लिम तथा बौद्ध धम्र्रावलम्बीलाई पक्राउ गरिएको थियो । मुश्लिम र बौद्ध धर्मावलम्बीबीच भएको दंगामा ४३ जना मारिएका थिए भने सयौं घर जलेर नष्ट भएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

अमेरिकी सेनाले ग्वान्तानामो क्षेत्रका अमेरिकी जेलमा इन्टरनेट सेवा बन्द गराएको छ । एक बेनामे ह्याकर समुहको चेतावनीपछि अमेरिकी सैनिकले उक्त क्षेत्रको इन्टरनेट सेवा बन्द गराएको हो । चेतावनीका कारण सैनिकले प्रयोग गर्ने कम्प्युटरबाट पनि फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालको प्रयोगमा रोक लगाइएको छ । ह्याकर समूहले वेबसाइट मार्फत जेलमा भैरहेको गतिविधिलाई असर पुर्या्उने धम्की सहितको सन्देश पठाएको छ । जेलमा भैरहेको भोक हडताललाई सहयोग गर्ने उक्त ह्याकर समूहले बताएको छ । गएको अप्रिल महिनाको अ���्त्यमा जेलमा एक सय ६६ कैदी मध्य एक सय कैदीले भोक हडताल सुरु गरेका थिए । उनीहरुले जेलको दयनीय अवस्था र कारागारमा लम्बिरहेको आफ्नो समयका विरुद्धमा हडताल सुरु गरेका हुन् । यस अघि यही विषयलाई लिएर अन्य विरोध कार्यक्रम पनि भैरहेका थिए । विरोध सुरु भएको सय दिन पुगेको अवसरमा ह्याकर समुहले ‘अपरेशन ग्वान्तानामो’ नाम राखेर नयाँ विरोध कार्यक्रम सुरु गरेका हुन् । यो समुहले सामाजिक सञ्जाल प्रयोग गरेर सर्वसाधारणलाई जेल भित्र भैरहेको विरोधको समर्थनमा ट्वीट, इमेल र फ्याक्स पठाउन प्रोत्साहन गरिरहेको छ । यस्ता अनलाइन सामग्री जेल भित्रबाट पनि आएका थिए । नयाँ वेबसाइटमा ह्वाइट हाउसमा काम गर्ने कर्मचारीसँगै अरु सैनिक अड्डाको सम्पर्क नम्बर समेत सार्वजनिक भएको छ । उक्त समुहले ग्वान्तानामो जसरी पनि बन्द गराउने पक्षमा रहेको बताएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

स्थानिय बजारमा सुनको भाउ अस्थिर रहेको छ । बुधबार सुनको भाउ बजारमा तोलामा १ सय ४५ रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य तोलाको ५० हजार १ सय ५५ रुपैयाँ कायम गरेकोक छ । मंगलबार एकै दिन छापावाला सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँ बढेर कारोबार भएको थियो । सोमबार सुनको मूल्य २२ महिना यताकै सबैभन्दा तल ४८ हजार ४ सय ५० रुपैयाँमा झरेको थियो । त्यसैगरि, बुधबार तेजाबी सुनको मूल्य पनि तोलामा १ सय ४५ रुपैयाँ घटेर ४९ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन ५० हजार ५० रुपैयाँ र सोमबार ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर ओरालो लागेको चाँदीको मूल्य बुधबार भने घटेको छैन् । बुधबार नेपाली बजारमा चाँदी तोलाको ८ सय ६४ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य ३५ रुपैयाँ बढेको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सप्तरीको कोईलाडी बर्साइन ५ मा अन्दाजी १२–१४ वर्षकी एक किशोरीको शब जलेको अवस्थामा भेटिएको छ । हत्यापछि नचिनिने गरी पेट्रोल छर्केर जलाइएको उनको शव बुधबार विहान कोईलाडी बर्साइन ५ स्थित जिता खोला किनारामा फेला परेको प्रहरीले जनाएको छ । अनुहार पूर्ण रुपमा जलिसकेको ती किशोरीको सनाखत भने हुन सकेको छैन । प्रहरीका अनुसार ती किशोरीको पहिचान खुल्न न सकेको भन्ने उद्देश्यले हत्याराले हत्यापछि पेट्रोल छर्केर उनको अनुहारका साथै शरीरको ८० प्रतिशत भाग जलाएका छन् । स्थानीयबासीहरुले अन्य कुनै गाउँबाट ल्याएर कसैले बलात्कारपछि ती किशोरीको विभत्स ढंगले हत्या गरेको आशंका गरेका छन् । यद्यपी प्रहरीले भन्ने पोष्टमार्टम रिपोर्ट आएपछि मात्र तथ्य कुरा बाहिर आउने जनाएको छ । किशोरीको शव बुधबारै पोष्टमार्टमका लागि स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताउनुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

युगकवि सिद्धिचरण श्रेष्ठको १०२ औ जन्मजयन्ती आज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । यसै अवसरमा राजधानीको धर्मपथमा रहेको कवि सिद्धिचरण श्रेष्ठको शालिकमा माल्यार्पण गरियो । सिद्धिचरण श्रेष्ठका तिमै्र सुन्दर हरियालीमा, तिम्रै सुन्दर बक्षस्थलमा यो कविको शैषवकाल बित्यो, हाँस्यो डुल्यो बनकुञ्ज घुम्यो , मेरो प्यारो ओखलढुंगालगायतका रचना चर्चित छन् । बिक्रम सम्वत १९६९ जेठ ९ गते ओखलढुंगामा जन्मिएका कवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

यौनिक अल्पसंख्यक समुदायको हक हितका लागि लड्ने भन्दै नयाँ संस्थाको स्थापना भएको छ । यसै क्षेत्रमा सक्रिय रहेकाहरु मिलेर समावेशी मञ्च नेपाल स्थापना गरेका हुन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै मञ्चका अध्यक्ष धनबहादुर पुनले भौगोलिक, जातीय, साँस्कृतिक विविधताले भरिएको नेपालमा बसोबास गर्दै आईरहेका यौनिक अल्पसंख्यकको मानव अधिकार, मौलिक हकको संरक्षण गरि जनचेतना र सशक्तिकरण गर्ने उद्देश्यले नयाँ संस्था खोलिएको जानकारी दिनुभयो । उहाँले विश्व मानवअधिकार घोषणा पत्र १९४८ ले सबै मानिषको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न नयाँ संस्था खोलेको बताउनुभयो । यस अघि निलहिरा समाजले यौनिक तथा अल्पसंख्यकहरुको हक हितका लागि काम गर्दै आएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

ओखलढुंगाको रानीवनमा हिजो हेलिकप्टर दुर्घटना भएको भन्दै झूठो समाचार फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्ने रानीवन ५ निवासी राजकुमार श्रेष्ठ हुन् । श्रेष्ठले हेलिकप्टर दुर्घटना भएको खबर दिएपछि ओखलढुंगास्थित स्थानीय संवाददाताहरुले राजधानीस्थित समाचार केन्द्रहरुमा खबर पठाएका थिए । त्यसैका आधारमा जिल्लास्थित प्रहरी निकायहरुले पनि सूचनाको जानकारी गराएका थिए भने राजधानीबाट कतिपय संञ्चारमाध्यमले खबरसमेत प्रकाशन तथा प्रशारण गरेका थिए । उनैको सूचनाको आधारमा जिल्लाबाट सुरक्षाकर्मीहरु घटनास्थलमा उद्धारका लागि भन्दै गएका थिए । झूठो खबर दिएको अभियोगमा श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विद्यार्थी संगठनका पदाधिकारीहरुले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी विद्यार्थी भर्ना गरिएको स्वीकार गरेका छन्। फर्जी विद्यार्थी भर्ना भए पनि त्रिभुवन विश्वविद्यालयले जेठ २३ गतेका लागि घोषणा गरिसकेको स्ववियू निर्वाचन भने स्थगित नहुने ती संगठनका पदाधिकारीहरुले बताएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा विद्यार्थी संगठनका नेताहरुले फर्जी विद्यार्थी भर्ना गरिएको स्वीकार गर्दै स्ववियु निर्वाचन फर्जि विद्यार्थी र सक्कली विद्यार्थीबीच प्रतिस्पर्धा हुने बताए। नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले सबै विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना गरिएको बताउँदै फर्जी विद्यार्थी भर्ना भए पनि निर्वाचन भने स्थगित नहुने बताए। नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइलीले पनि सबै संगठनले फर्जी विद्यार्थी भर्ना गरेको स्वीकार गरे। फर्जी विद्यार्थी भर्ना गर्नेमा एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी सघ र अनेरास्ववियू रहेको आरोप लगाउँदै ती संगठनको तुलनामा भने आफ्नो संगठनले नगण्य मात्रामा फ���्जी विद्यार्थी भर्ना गरेको बताए। केही क्याम्पसमा भने चरम विवाद रहेको भन्दै त्यस्ता विवाद भएको क्याम्पसमा भने अखिल क्रान्तिकारीले निर्वाचन गर्न नदिने रसाइलीले दाबी गरे। एमाओवादी निकट अखिल क्रान्तिकारीका सचिवालय सदस्य गंगाराम तिमिल्सिनाले पनि आफ्नो संगठनले फर्जी विद्यार्थी भर्ना गराएको स्वीकार गरे। आफ्नो संगठनलाई मात्र फर्जी विद्यार्थी भर्ना भएको आरोप लगाए सबै विद्यार्थी संगठनहरुले त्यस्तो भर्ना गराएको उनको भनाइ थियो।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

त्रिभुवन विश्वविद्यालयअन्तर्गत मुलकभरका कलेजमा हुन गइरहेको स्ववियु चुनावमा ११ विद्यार्थी संगठनले संयुक्त प्यानल बनाउने भएका छन् । एकीकृत माओवादीनिकट अखिल (क्रान्तिकारी) को बागबजारस्थित कार्यालयमा बसेको 'समानुपातिक र समावेशी' पक्षधर विद्यार्थी संगठनले उक्त निर्णय गरेको हो। स्ववियु चुनावलाई स्वच्छ र पारदर्शी बनाउनेबारे बैठकले चारबुँदे निर्णय समेत गरेको छ। अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जागृत रायमाझीले ११ विद्यार्थी संगठनको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयनका लागि देशभरका कलेजमा संयुक्त रूपमा पहल गरिने बताए। रत्न राज्यलक्ष्मी कलेज र त्रिभुवन विश्वविद्यालयमा वैद्य पक्षधर माओवादीनिकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेकाले चुनावलाई मध्यनजर गरी ताला खोलाउन पहल गर्ने निर्णय बैठकले गरेको छ। यसैगरी, स्ववियु चुनावको मुखमा रत्नराज्य लगायत कलेजमा नियमविपरीत गरिएको एकमुष्ठ विद्यार्थी भर्ना खारेजी हुनुपर्ने, रत्नराज्य, पाटनलगायत कलेजमा जनआन्दोलनका घाइतेको नाममा नक्कली कार्ड बनाएर गरिएको विद्यार्थीको भर्ना खारेजीको माग गर्ने निर्णय भएको छ। बैठकमा अखिल (क्रान्तिकारी), मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक), तराई मधेसी विद्यार्थी फ्रन्ट, मधेसी विद्यार्थी फोरम, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन, विद्यार्थी मञ्च, नेपाल लोकतान्त्रिक विद्यार्थी संगठन, क्रान्तिकारी विद्यार्थी नेपाल, अग्रगामी विद्यार्थी युनियन, नेपाल विद्यार्थी परिवार र अखिल पाँचौ गरी कूल ११ विद्यार्थी संगठन सहभागी थिए। बैठकमा अनेरास्ववियु र नेवि संघ भने सहभागी भएनन्। मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक) का अध्यक्ष कपिलेश्वर यादवले आफूहरू संगठनको प्रभावको आधारमा नेतृत्वसहितको संयुक्त स्ववियु निर्माणमा सहमत भए पनि अखिल क्रान्तिकारीले हालै सबै कलेजमा अध्यक्ष उम्मेदवार घोषणा गरेकोमा असन्तुष्टि रहेको बताए।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

पूर्व सभासद सदरुल मियाँ हकको हत्याको विरोधमा सप्तरीमा बुधवार दिनभर प्रदर्शन भएको छ । प्रदर्शनकारीले गृहमन्त्री घटनास्थल आउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । सोमवार राती सप्तरीको कल्याणपुर २ स्थित विसनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतिरहेको अवस्थामा हकको हत्या भएको थियो । हकको हत्या भएको स्थान नजिकै पूर्व पश्चिम राजमार्गमा आन्दोलनकारीहरु धर्नामा बसेका छन् । प्रदर्शनकारीले जिल्लाका विभिन्न ठाउँमा रुख काटेर अवरोध गरेपछि सोमवारदेखि नै जिल्लाको पूर्व पश्चिम राजमार्ग खण्डमा यातायातका साधनहरु चलेका छैनन् । ठाउँ ठाउँमा टायर बालेर नाराबाजी गर्दै प्रदर्शनकारी हत्यारा पत्ता नलागेसम्म आन्दोलन नरोकिने बताएका छन् । सभासद हकको हत्यामा शोक व्यक्त गर्दै व्यापारीहरुले पसल बन्द गरेका छन् । दुई दिनदेखि राजमार्ग अवरुद्ध रहेकाले पश्चिमबाट आएका गाडीहरु सिरहाको लहान तथा पूर्वबाट आएका सप्तरीको रुपनी, सीतापुर, महुली, रुपनगर, कञ्चनपुर, बरमझिया लगायतका क्षेत्रमा थन्किएका छन् । बजार बन्द रहेकाले खानेकुरा तथा पिउने पानी समेत समस्या रहेको यात्रुहरुले बताएका छन् । राजमार्ग अवरुद्धसँगै जिल्ला सदरमुकाम राजविराजका साथै ग्रामिण भेगका कल्याणपुर, मोहनपुर, रुपनी, सीतापुर, कञ्चनपुर, कदमाहा, कुशहा, बसाईन, कडरबोना, शम्भुनाथ लगायतका बजार समेत खुलेका छैनन् । यसैबिच घटनाको छानबिनका लागि सरकारद्वारा गठित तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति बुधबार घटनास्थल बिसनपुर आइपुगेको छ । समितिका सदस्य एवं पूर्वाञ्चलका डिआइजी परशुराम खत्रीले एक साताभित्रै अनुसन्धान पूरा गरी अपराधी पत्ता लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विभिन्न राजनीतिक दलका नेताहरुले संविधानसभाको निर्वाचनका लागि एक प्रतिशत मतको सीमा (थ्रेस होल्ड) लागू हुनुपर्ने बताएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी निर्वाचनका लागि थ्रेसहोल्डसहितको कानून जारी गर्नुपर्ने बताए । त्यस्तै, नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एक प्रतिशत मतको सीमा (थ्रेस होल्ड)ले साना दलको अधिकार कमजोर नगर्ने भन्दै थ्रेस होल्डको ब्यवस्थाले विचारमा आधारित पार्टीहरु निर्माण गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा, एकीकृत नेकपा माओवादीका नेता लिलामणि पोखरेलले भने थ्रेस होल्डसहितको कानून आवश्यक नभएकोमा जोड दिएका थिए । सोही कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारले निष्पक्ष चुनाव हुने कुराको ग्यारेन्टी गर्न नसकेको बताए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एकीकृत माओवादी चुनावबाट भाग्न खोजेको आरोप लगाएकी छिन् । नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पसले आज राजधानीमा गरेको कार्यक्रममा नेतृ कोइरालाले अबको चुनावमा वढारिने डरले एकीकृत माओवादी चुनावबाट भाग्न खोजेको आरोप लगाइन् । अबको चुनावमा कांग्रेसले बहुमत ल्याउने दाबी गर्दै उनले सरकारले चुनावको बातावरण बनाउन प्रयास नगरेको जिकिर समेत गरिन् । कार्यक्रममा नेविसंघका नेताहरुले एकीकृत माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले लाखौं रुपैयाँ खर्च गरेर विद्यार्थी भर्ना गरी चुनाव आफ्नो पक्षमा पार्न खोजेको भन्दै आपत्ति जनाएका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले महासचिव मदन भण्डारीका चालक अमर लामालाई माओवादीले मारेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । एमाले नेता माधव कुमार नेपालले दासढुंगामा भएको स्मृति सभामा दासढुंगा दुर्घटनाका एकमात्र साक्षी अमर लामालाई माओवादीले मारेको आरोप लगाएपछि प्रचण्डले त्यसको खण्डन गर्दै आरोप प्रमाणित गर्न चुनौति दिनुभयो । चितवनको गीतानगरमा हिमालय उच्च माविको वार्षिकोत्सव समारोहमा प्रचण्डले नेपालले न्यायाधीश बन्न खोजेको भन्दै आपत्ति जनाउनभुयो । ‘माधव नेपाललाई कसरी थाहा भयो कि अमर लामालाई माओवादीले नै हत्या गरेको भनेर ?’, प्रचण्डको प्रश्न थियो, ‘हामी शान्ति प्रकृयामा आएको सात वर्ष भयो । आजसम्म उहाँलाई थाहै नभएको कुराको अचानक उहाँलाई कसरी ज्ञान आयो ?’ चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग प्रचण्डले भण्डारीको हत्याकाण्डमा एकीकृत माओवादीलाई अनाहकमा मुछेर एमालेले चुनावी वातावरण धमिलो पार्न खोजेको उहाँले आरोप लगाउनु भयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेपाली कांग्रेस र नेकपा एमालेले मुख्य दलहरुबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश अनुसार काम भएमात्रै मंसिरमा चुनाब हुनसक्ने निष्कर्ष निकालेका छन् । बुधबार बिहान एमाले पार्टी कार्यालय बल्खुमा बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले सहमति अनुसार काम नभए चुनाब हुन नसक्ने निष्कर्ष निकालेका हुन् । कांग्रेस एमालेको संयुक्त बैठकले संविधानसभा सदस्य संख्या र थ्रेस होल्डमा दुवै पार्टीले यसअघि राखेका अडानबाट पछि नहट्ने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकले नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपालले उठाएका मागमा लचक भएर वार्ता गर्ने र उनीहरुलाई पनि उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने निर्णय गरेको पौडेलले बताउनुभयो । सरकारको विरोध गरिरहेका दलहरुले चारदलीय सिन्डिकेट भन्ने आरोप लगाइरहेका बेला दुई दलको बैठकले नेकपा–माओवादी र फोरम नेपाललाई पनि समितिमा आउन आग्रह गरेका छन् । त्यस्तै चुनावका लागि यसअघिको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्न पनि माग गरेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सर्वोच्च अदालतले प्रेस काउन्सिल विरुद्ध परेको मानहानी सम्वन्धी रिटमा काउन्सिल र सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रवहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन संहितामा प्रकाशित सामाग्रीले मानहानी गरेको दाबीसहित परेको रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश गर्न सरकार र प्रेस काउन्सिललाई आदेश दिएको हो । संहितामा प्रकाशित सामाग्रीले आफुहरुको मानहानी भएको भन्दै पत्रकार रोशन पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले काउन्सिल विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले मुद्दाको किनारा नलागेसम्म यस्ता सामग्री प्रकाशन नगर्न काउन्सिललाई निर्देशन पनि दिएको छ । काउन्सिलको प्रकाशन संहिताले आफ्ना बारेमा झुठा र कपोकल्पित कुरा छापेर मानहानी गरेको दाबी सहित पत्रकार पुरी र देवकोटा तथा सार्वजनिक विषय भएकोले सम्बोधन हुनुपर्ने भन्दै अधिवक्ता सुवेदीले सोमवार रिट दायर गर्नुभएको थियो । रिटमा १० लाख रुपैयाँ क्षतिपूर्तिको माग दावी गरिएको छ भने यसप्रकारका सामाग्री छापिएपछि व्यक्तिको जीवनमा पुग्ने क्षतिको सम्बोधन गर्ने कुनै कानून नभएकोले तत्काल कानून बनाउन माग समेत गरिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढा मगरले सरकारको अवैध हतियार संकलन अभियानभित्र गम्भीर षडयन्त्र रहेको बताउनुभएको छ । नेकपा माओवादी रोल्पाले बुधबार लिवाङमा गरेको कार्यक्रममा बुढाले गाउँमा भएका भरुवा बन्दुकले माओवादीले जनयुद्ध सुरु गर्ने आशंकामा सरकारले अवैध हतियारको नाममा सर्बसाधारणसँग रहेका हतियार खोसेको आरोप लगाउनुभयो । नेकपा माओवादी मगराँत राज्य समिति इन्चार्ज समेत रहेका नेता बुढाले सरकारले संचालन गरिरकेको एकीकृत घुम्ती शिविरको नाममा बिदेशीलाई नागरिकता दिने षड्यन्त्र भईरहेको दावी गर्नुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एकीकृत माओबादीका नेता कृष्णबहादुर महराले अब बन्दुकवाट परिवर्तन र मुलुकको विकास सम्भव नरहेको वताउनु भएको छ । अखिल क्रान्तिकारी दाङले घोराहीको महेन्द्रबहुमुखि क्याम्पसमा बुधवार आयोजना गरेको कार्यक्रममा महराले बन्दुकवाट देश परिवर्तन गर्ने कल्पना समेत गर्न नहुने वताउनु भएको हो । अबको बन्दुकको क्रान्ति थप ध्वंश मात्रै हुने भएकाले व्यक्तिगत स्वार्थका लागि नभई देशको हितका लागि मन्थनबाट अगाडि बढ्नुपर्ने बेला आएको महराको भनाई छ । जनताका दिनचर्या परिबर्तनका लागि अब व्यवसायीक आर्थिक क्रान्तिको आबश्यकता रहेकोमा महराको जोड थियो । महराले दलहरुवीचको छलफलवाटै मुलुकले निकास पाउने भएकाले सवै दल एकजुट भएर अघि वढ्नु पर्ने वताउनुभयो । उहाँले बिगतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि भएपनि जसरी पनि आगामी मंसिरमा संविधानसभाको निर्बाचन गराउनु पर्ने वताउनुभयो । उहाँले अबको चुनाबलाई भयरहित सभ्य तरिकाबाट सम्पन्न गरी सबै बर्ग समुदायको अधिकारी स्थापित गर्नका लागि आन्दोलनमा रहेकाहरुले पनि एक पटक सोच्न जरुरी रहेको वताउनुभयो । महराले आगामी संबिधान सभाको चुनावलाई बिथोल्नेलाई संबिधान बिरोधीकोरुपमा जनताले चित्रित गर्ने भन्दै बेलैमा बुझ्नुपर्ने बताउनुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

बझाङको काँडा गाविसको राइढुङ्गीमा यार्सागुम्बा संकलनका लागि गएकाहरु सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिम पहिरोमा पुरिएर सात जना बेपत्ता भएको हल्लापछि प्रहरीको टोली तीन दिन हिंडेर राइढुङ्गी पुगेको थियो । घटनास्थल पुगेको टोलीले त्यस्तो घटना नभएको मंगलबार राती जानकारी गराएको जिल्ला प्रहरी प्रमुख उदय तामाङले जानकारी दिनुभयो । हल्ला फैलाउनेको खोजी भैरहेको प्रहरीले जनाएको छ । शुक्रवारदेखि सञ्चार माध्यममा यार्सागुम्बा टिप्न गएका पुरिएका खबर आएपछि आफन्तहरु चिन्तामा परेका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

मालिकाठाटाँ गाविसमा भिरबाट खसेर एक जना युवतीको ज्यान गएको छ। घरबाट स्याउला लिन जंगल गएको अवस्थामा भिरबाट खसेर मालिकाठाटा-५ मालापानीकी ललिता बोहोराको मृत्यु भएको हो। करिव १ सय २० मिटर उचाईमा रहेको भिरबाट खसेर उनको मृत्यु भएको मालापानी गाउँका स्थानिय मोतिराम बुढाले जानकारी दिए। उनको चारवटा हातखुट्टा भाच्चिएको र आँखा फुटेको अवस्थामा भेटिएकी हुन्। घरबाट करिब आधा घण्टाको दुरीमा रहेको जंगलमा स्याउला लिन गएकी थिइन्। जंगली चराको गुड हेर्न भनेर गएकी उनी लामो समयसम्म पनि नफर्केपछि खोजी कार्य भएको थियो। उनका पिता बुदे बोहोराअनुसार सँगै गएका सबै साथी घर फर्के पनि उनी फर्किएपछि खोजी थालिएको थियो। शवलाइ बुधवार नै घरमा पुर्याइ दाहसंस्कार गरिएको छ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

कैलालीमा सर्पदंशका कारण एक बालकको ज्यान गएको छ । बुधवार विहान कैलालीको मालाखेत-७ का एक बर्षीय बालक नरेन्द्र बहादुर बलायरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घरमा सुतिरहेको अबस्थामा गएराति करिव दुई बजेतिर बिषालु सर्पले डस्दा गम्भीर घाइते भएका बलायरको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा ज्यान गएको हो

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

स्पेनिस क्लव रियाल मड्रिडका प्रशिक्षक होजे मौरिनहोले आगामी महिनाबाट क्लव छाड्ने पक्का भएको छ । एक कार्यक्रममा रियाल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यस्तो बताएका हुन् । तीन बर्ष रियाल मड्रिडको प्रशिक्षक पदमा रहेका मौरिन्हो पछिल्लो समय विभिन्न कारणले गर्दा रियाल मड्रिडका समर्थकहरु माझ बदनाम बनेका छन् । जारी सिजन रियाल मड्रिडले स्पेनि फुटबल लिग लालिगाको उपाधि कट्टर प्रतिद्धन्दी बार्सिलोनासँग गुमायो भने च्याम्पियन्स लिगमा य सेमिफाइनलबाटै बाहिरियो । साथै केही दिनअघि सम्पन्न स्पेनिस घरेलु फुटबल प्रतियोगिता कोपा देल रेमा रियाल मड्रिड आफ्नै शहरको प्रतिद्धन्दी एटलेटिको मड्रिडसँग हारेपछि रियाल समर्थकहरु मझ मौरिन्हो अझ अलोक–प्रिय बनेका थिए । ५० बर्षयी मौरिन्हो अब इङ्गलिस क्लव चेल्सी जाने समाचार विभिन्न सञ्चार माध्यमहरुले बेला बेला बताई रहेका छन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आजबाट प्ले–अफ खेलहरु शुरु हुँदैछन् । पहिलो प्ले–अफमा अंक तालिकाको शिर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्गसले दोसे स्थानको मुम्बई इण्डिन्सको सामना गर्नेछ । दिल्लीमा हुने खेल नेपाली समय अनुसार साँझ सवा आठ बजे शुरु हुनेछ । यो खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले प्लेअफको अर्को खेलका राजस्थान र हैदराबादको विजेतासंग पुनः खेल्ने अवसर पाउने छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

आइसिसी विश्व किक्रेट लिग डिभिजन–३ बिजेता नेपाली राष्ट्रिय किक्रेट टोलीमा कञ्चनपुरबाट सहभागि खेलडीलाई गृह जिल्लामा स्वागत तथा सम्मान गरिएको छ । बर्मुडामा सम्पन्न डिभिजन–३ मा नेपाली टोलीमा सहभागि कञ्चनपुरका तिन जना खेलडीलाई मंगलबार महेन्द्रनगरमा भब्य रुपमा स्वागत तथा सम्मान गरिएको हो । डभिजन–३ च्याम्पियन बनेको नेपाली टोलीमा सुदुरपश्चिमबाट सहभागि चन्द्र साउद, बिनोद भण्डारी र प्रदिप ऐरीलाई जिल्ला किक्रेट संघ र जिल्ला खेलकुद बिकास समितिले बाजागाजाका साथ नगर परिक्रमा गरि स्वागत तथा सम्मान गरेको हो । मंगलबारै गृह जिल्ला पुगेका उनीहरुलाई स्वागत र्या ली सहित नगर परिक्रमापछि जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नगद पुरस्कार समेत प्रदान गरिएको थियो । नेपाली टिममा सहभागि भई डिभिजन–३ मा उत्कृष्ट खेलको प्रदर्शन गर्दै विश्व कप किक्रेट खेल्ने आशा बनाएका उनीहरुलाई खेलकुद बिकास समितिले नगद पाँच–पाँच हजार प्रदान गरी खेलाडीहरुको हौषला बढाएको थियो । प्रदिप भने जिल्ला बहिर रहेका कारण उक्त सम्मान कार्यक्रममा सहभागि थिएनन । डिभिजन–३ बिजेता नेपाली किक्रेट टोली यहि १० गतेदेखि भारतको देहरादुनमा हुने उत्तराखण्ड कपमा सहभागिताका लागि तयारीमा रहेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

चीनमा विस्फोटक पदार्थ उत्पादन गर्ने स्थलमा विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । विस्फोटमा १९ जना घाइते भएका छन् भने थुप्रै हराइरहेका छन् । चीनको उत्तर पूर्वी जानक्वीप शहरमा रहेको कारखानमा विस्फोटका समयमा ३४ जना कामदार रहेको जनाईएको छ । विस्फोटलगत्तै कामदारमा भागदौड मच्चिएको थियो । ४० बर्ष पुरानो उक्त कारखाना ६६ हेक्टर क्षेत्रफलमा फैलिएको थियो । बिस्फोटका कराण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

अमेरिकामा ‘टोरनाडो’ आँधीका कारण कम्तिमा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० जना बालबालिका छन् । आँधीका कारण अमेरिकाको ओक्लोहोमा राज्यमा जनजीवन अस्तब्यस्त बनेको बीबीसीले जनाएको छ । आँधीका कारण घाइते भएकाहरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आँधीका कारण अधिकांश विद्यालय भवनहरु भत्किएको जनाइएको छ । आँधीले ५५ हजारभन्दा बढी व्यक्ति घरबारविहीन बनेका छन् । आँधी प्रभावितका लागि अस्थायी बसोबासको ब्यबस्था मिलाइएको अधिकारीहरुले जनाएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्राकृतिक विपत्तिमा परेर मृत्यु भएकाहरुको परिवारप्रति समवेदना ब्यक्त गर्दै आँधी प्रभावितलाई संंयमित हुन आग्रह गरेको बीबीसीले जनाएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

विशेष अदालतले आइतबार अवैध सम्पत्ति आर्जनमा मुद्दा दर्ता गरेका पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी गरेको छ । विशेष अदालतले हिजो गणेश लामा, दीपक मनाङे, परशुराम बस्नेत, चक्रे मिलन, अभिषेक गिरी र उनीहरुका श्रीमतीलाई अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको हो । गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले आइतबार विशेष अदालतममा मुद्दा दर्ता गरेको थियो । विभागले फरार भनी अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको भोलिपल्टै विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन वारेन्ट जारी गरेको हो । विशेष अदालतले म्याद तामेल गर्नका लागि काठमाडौं जिल्ला अदालतमा र विराटनगर जिल्ला अदालतका नाममा पत्रसमेत काटेको रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

आज एकै दिन सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ४८ हजार ७ सयमा कारोबार भएको सुन आज १ हजार ६ सय रुपैयाँले बढेर तोलाको ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औस १३ सय ८८ डलर बराबरमा कारोबार भइरहेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नवलपरासीको लोकाहा खोलामा बनाइएको डाईभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । गतवर्ष बाढीका कारण पुल भत्किएपछि लोकाहा खोलामा वैकल्पिक डाईर्भसन बनाएर यातायात सञ्चालन गरिंदै आएको थियो । तर, उक्त अस्थायी डाइभर्सन पनि गएराती बाढीले बगा्एपछि राजमार्ग नै अवरुद्ध हुन पुगेको छ । जसका कारण पूर्व पश्चिम राजमार्गमा चल्नै सयौं सवारी साधन र हजारौं यात्रु अलपत्र परेका । देशको मेरुदण्डको रुपमा रहेको पूर्वपश्चिम राजमार्गमा पुल भत्किएको बर्षदिन भईसक्दा पनि नयाँ पुल नबनाएको भन्दै यात्रुहरुले आक्रोश ब्यक्त गरेका छन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

काठमाडौंको गोलढुङ्गाबाट प्रहरीले ठूलो मात्रामा गोली बरामद गरेका छ । आज महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले पत्रकार सम्मेलन गरी गोलढुङ्गा गाविसमा मलको थुप्रोमा लुकाईराखेको अवस्थामा गोली बरामद गरेको जनाएको हो । मलको थुप्रोमा लुकाईराखेको अवस्थामा प्रहरीले तीन सय दुई राउण्ड गोली वरामद गरेको हो । विशेष सुराकीको आधारमा प्रहरीले सर्च अभियान सञ्चालन गरी तीन सय दुई राउण्ड गोली, तीन थान म्यागजिन र आठ थान गोलीका खोका वरामद गरेको जनाइएको छ । प्रहरीले एसएलआरमा प्रयोग हुने गोली ४८ थान, ३ सय ३ राइफलमा लाग्ने गोली १८ थान र नाइन एमएमको गोली नौ थान बरामद गरेको पनि जनाएको छ । बरामद गरिएको गोली द्धन्द्ध कालमा प्रयोग गरिएको वा कुनै अपराधिक योजना सञ्चालन गर्नका लागि लुकाइराखिएको हुनसक्ने प्रहरीको अनुमान छ । त्यस्तै, प्रहरीले वैशाख ३० गते काठमाडौंको ज्ञानेश्वरमा विनोदकुमार अग्रवालको घरमा डकैती गर्ने ६ जनालाई समेत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डकैतीका मूख्य योजनाकार काठमाडौं छैमले–६ का मधुकर घिसिङ, छैमलेकै प्रमेश तामाङ, रमेश बम्जन, सञ्जय तामाङ, मकवानपुर सिस्नेरीका जगदीश गोले र ललितपुर डुकुछापका राज तामाङ छन् । प्रहरीले उनीहरुको साथबाट हिराको चुरा, सुनका विभिन्न गहनासहित कटुवा पेस्तोल समेत वरामद गरेको जनाएको छ । उनीहरुले अग्रवालकी श्रीमती सुलोचनादेवी अग्रवाललाई हातखुट्टा बाँधेर १८ लाख ४७ हजार रुपैयाँ वराबरको सामान डकैती गरेका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नायिका निशा अधिकारीले सगरमाथा चुचुरोमा पाइला टेकेकी छन् । आज बिहान ८ बजे निशाले सगरमाथाको शिखरमा पाइला टेकेकी हुन् । यो सँगै निशा सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली नायिका बनेकी छन् । गत चैत्र २७ गते १२ जना आरोहण दलको टोलीसहित सगरामाथाको यात्रा थालेकी अधिकारीले आरोहीको सहयोगीको रुपमा सगरमाथामा पाइला राखेकी हुन् । हिजो मात्रै कलाकार अर्जुन कार्की, म्याराथन खेलाडी सञ्जय पाण्डे, दुबै हात नभएका सुदर्शन गौतमलगायतले पनि सगरमाथामा पाइला राखेका थिए । गौतमले हातबिना सगरमाथा चढेको कीर्तिमान बनाएका छन् । यसैबीच, सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ । मंगलबार विहान करिब ५ बजे चुचुरोबाट फर्कने क्रममा बंगलादेशी नागरिक महोम्मद खालिद हुसेन र कोरियाली नागरिक सुङ हो सिउको ज्यान गएको हो । चौथो आधार शिविर नजिकै करिब ८ हजार मिटरको उचाइमा उनीहरुको ज्यान गएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयन अन्तर्गतको पर्यटन उद्योग महाशाखाले जनाएको छ । लेक लागेर उनीहरुको ज्यान गएको हुनसक्ने महाशाखाका शाखा अधिकृत दीपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सर्वोच्च अदालतले पत्रकार प्रवेश पासमा विभेद गरेको भन्दै संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले कानूनी उपचार खोज्ने चेतावनी दिएको छ । मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी विभेदकारी निर्णय परिर्वतन नगरे कानूनी उपचार खोज्ने र अन्तराष्ट्रिय समुदायलाई समेत गुर्हाने चेतावनी दिएको हो । सर्वोच्चले हालै मात्र गोरखापत्रमा सूचना प्रकाशित गरी दैनिक पत्रिकाका १६ जना पत्रकारलाई मात्र इजलासमा प्रवेश दिने पास दिने निर्णय गरेपछि यसरी पत्रकारहरु क्रुद्ध बनेका हुन् । रेडियो, टेलिभिजन तथा अनलाइनका पत्रकारहरुले भने पटक पास लिनुपर्ने सर्वोच्चको निर्णय छ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले सर्वोच्चको निर्णय निर्बाधरुपमा सूचना संकलन र सम्प्रेषण गर्न पाउने गरी अन्तरिम संविधानको प्रस्तावनामै सुनिश्चित भएको हकलाई कुण्ठित गर्ने मनसायले आएको ठहर गरेको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आठ बुँदे माग अघि सार्दै सरकारले त्यसमा सकारात्मक जवाफ नदिए निर्वाचन आयोगमा दल दर्ता नगर्ने र संविधानसभाको निर्वाचनमा पनि भाग नलिने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा गुप्ताले निर्वाचन क्षेत्रको पुनर्निधारण, संविधानसभाको संख्या, थ्रेस होल्ड, मतदाता नामावली संकलन, दलदर्ता प्रावधान, समावेशी विधेयक, आस्थाका बन्दीको रिहाई र संविधानका आधारभुत विषयमा सहमति लगायतका विषयमा असहमति राख्दै त्यस्तो चेतावनी दिनुभएको हो । अहिलेको अवस्थामा संविधानसभाको निर्वाचन भए मधेसकोलागि स्विकार्य नहुने उहाँले चेतावी दिनुभयो । गुप्ताले मधेसी जनता अहिलेको प्रक्रियाबाट सन्तुष्ठ नभएको भन्दै आफुले अर्को मधेस आन्दोलनको तयारी गरिरहेको बताउनुभयो । संविधान संसोधन नगरी गरिने क्षेत्र निर्धारण अप्राकृतिक हुने उहाँको तर्क थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सरकार र सदभावना पार्टीबीचको वार्ता असफल भएको छ । सरकारले दलहरुसँग छलफल नगरी तत्कालै चुनावको मिति तोक्न नसक्ने बताएपछि वार्ता असफल भएको हो । अध्यक्ष राजेन्द्र महतोसहितको सदभावनाको टोलीले तत्काल चुनावको मिति तोक्नु पर्ने माग गरेकोमा सरकारले चुनावको मितिका बारेमा सबै दलसँग छलफल गर्नु पर्ने जवाफ दिएको छ । बैठकपछि सञ्चार मन्त्री एवं सरकारी वार्ता टोलीका सदस्य माधवप्रसाद पौडेलले अरु दलसँग छलफल गरेर छिटै चुनावको मिति तोक्ने बताएपनि सदभावना नेताहरु वार्ताबाट उठेर हिंडेको बताउनुभयो । सदभावनाका महासचिव मनिष कुमार सुमनले कति दिन भित्र चुनावको मिति तोक्न सकिन्छ भनेर आफूले जवाफ चाहे पनि सरकारले कुनै जवाफ नदिएको बताउनुभयो । सदभावना पार्टीसँगको वार्तापछि सरकारले विज्ञप्ती निकालेर संविधानसभा चुनावको मिति र निर्वाचन क्षेत्र निर्धारण आयोग गठनबारे छिट्टै टुङ्गोमा पुग्ने वताएको छ । मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णहरी वास्कोटाले निकालेको विज्ञप्तीमा सद्भावना पार्टीका मागमा सरकार सकारात्मक रहेको उल्लेख गरिएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावको मिति तोक्न माग गर्दै रत्नपार्क शान्ति वाटिकामा आमरण अनसन शुरु गर्नुभएको छ । चुनावको मिति घोषणा लगायत १० बुँदे माग सहित अध्यक्ष महतो अनशनमा बसेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । चुनावको मिति घोषणा नहुँदासम्म अनसन जारी रहने कर्णले बताउनुभयो । चुनावको मिति घोषणाको माग गर्दै २२ जिल्लामा अनसनमा बसेका सदभावनका कार्यकर्ताले आइतवारदेखि अनसन स्थगित गरेका थिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा चुनावमा एक प्रतिशत मतको सीमा (थ्रेस होल्ड) लागू नहुने दाबी गरेका छन् । आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले संविधानसभामा प्रतिनिधित्व गर्नका लागि एक प्रतिशत मत ल्याउनु पर्ने प्रस्तावित ब्यवस्था लागू नहुने बताए । निर्वाचन आयोगले एक प्रतिशत मत ल्याउनेले मात्र संविधानसभामा प्रतिनिधित्व गर्न पाउने ब्यवस्था थ्रेस होल्डसहितको कानून बनाउन प्रस्ताव गरे पनि त्यही कारणले चुनाव नै विथोलिन सक्ने भन्दै दाहालले त्यस्तो ब्यवस्था कार्यान्वयन नहुने बताए । अध्यक्ष दाहालले यसअघिको संविधानसभा निर्वाचनकै कानून लागु गर्ने विषयमा दलहरुबीच छलफल भइरहेको जानकारी पनि दिए । सरकार निर्वाचन सम्बन्धी कानून जारी गरेर मिति तोक्ने तयारीमा रहेको उनको भनाई थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेकपा एमालेले संधिानसभा चुनावलाई लक्षित गरि पार्टी परिचालन अभियानका लागि टोली खटाएको छ । गएको जेठ ३ गते काठमाडौंमा कार्यक्रम गरेर अभियान सुरु गरेको एमालेले अभिमुखिकरणपछि विभिन्न क्षेत्रमा टोली खटिएको एमालेले जनाएको छ । चुनावी वातावरण बनाउन, एमालेलाई बहुमत दिलाउन तथा पार्टीलाई थप सुदृढीकरणका लागि अभियान सुरु गरेको एमालेले निकालेको विज्ञप्तिमा उल्लेख छ । असारको पहिलो हप्ता सकिने गरि सुरु भएको अभियान २ सय ४० वटै चुनावी क्षेत्रमा हुने र अभियानमा केन्द्रीय प्रतिनीधि खटाएको एमालेले ���नाएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले केही दिनअघि गठन गरिएका पार्टीका विभागहरुमा हेरफेर हुन नसक्ने बताएका छन् । पोखरामा संम्वाददाताहरुसँग कुरा गर्दै उनले विभाग गठन सम्बन्ीध निर्णय ठीक भएको भन्दै त्यसमा परिवर्तन नहुने बताएका हुन् । अर्को प्रशंगमा कोइरालाले चार दलीय सिन्डिकेटबाट मात्रै मुलुकले निकास नपाउने भन्दै नेकपा–माओवादी लगायतका दलहरुलाई समेटेर जानुको विकल्प नभएको बताए । चार दिनको पोखरा बसाईपछि कांग्रेस सभापति कोइराला आज राजधानी फर्किएका छन् ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले राजनीतिक दलहरुबीच सहमति नभएपनि सरकार छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताएका छन् । मन्त्री श्रेष्ठले कुनै दलको असहमति र अड्चनले सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए । युवा तथा खेलकुद मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले युवा परिवर्तनको संवाहक भएपनि व्यवहारमुखी शिक्षाको अभावले मुलुकमा बेरोजगारी बढेको बताए । कार्यक्रमका सहभागीले युवा शक्तिको पहिचान नभएसम्म मुलुक अघि बढ्न नसक्ने बताए । उनीहरुले वर्षेनी हजारौ युवा कामको खोजीमा विदेशिनु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिए ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

सप्तरी क्षेत्र नं ५ का पूर्व सभासद् मोहम्मद सदरुल मियाँ हकको आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति विभत्स ढंगले हत्या गरिएपछि त्यसक्षेत्रमा तनाव उत्पन्न भएको छ । स्थानीयवासीले तत्काल हत्यारालाई पक्राउ गर्न माग राखेर कल्याणपुर क्षेत्रको विसनपुर सडकखण्ड अवरुद्ध पारेका छन् । स्थानीयवासीले घटनास्थलमा ढिलो पुगेको भन्दै प्रहरीको गाडीमा तोडफोड गरेका छन् । स्थानीयवासिन्दाले गृहमन्त्री स्वय्म घटनास्थलमा उपस्थित नभएसम्म शव नउठाउने अडान राखेर प्रर्दशन गरिरहेको हाम्रा संवाददाताले जनाएका छन् । अहिलेसम्म हत्याराको पहिचान हुन सकेको छैन भने हत्याराको खोजीका लागि प्रहरी परिचालन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिएका छन् । पूर्व सभासद् मियाँको गएराति धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको हो । सप्तरीको कल्याणपुर–२ स्थित बिसनपुर चौकमा रहेको पेट्रोलपम्पमा रहेको भवनको माथिल्लो तल्लामा सुतिरहेको अवस्थामा हकको हत्या भएको हो । एक्लै सुतेका मियाँको हत्या भएको विहान साँढे ८ बजे थाहा पाएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । कल्याणपुर निवासी मियाँ २०६४ सालको संविधानसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेदवारको रुपमा विजयी भएका थिए । मियाँको राजनीतिक वा व्यवसायीक रिसईबीले हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सप्तरीको कल्याणपुरमा हकको इट्टाभट्टा उद्योग र पेट्रोलपम्प व्यवसाय छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले गणतन्त्र स्वीकार गरे पूर्व राजा ज्ञानेन्द्रलाई पनि चुनावमा टिकट दिन सकिने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ बाँकेले मंगलबार नेपालगञ्जमा गरेको कार्यक्रममा महराले कुनै व्यक्तिको विगत हेरेर पुर्वाग्रही हुन नहुने भन्दै गणतन्त्र स्वीकारे ज्ञानेन्द्रलाई जुनसुकै पार्टीले उम्मेदवार बनाउन सक्ने बताउनुभयो । महराले चुनावको बिरोध गरिरहेको नेकपा—माओवादीसँग निर्वाचन बिथोल्ने क्षमता नभएको दावी गर्नुभयो । वैद्यपक्ष निर्वाचनका लागि ठुलो चुनौती पनि नभएको उहाँको दावी छ । एकसिट पनि जित्दैनौँ भन्ने मानसिकताका कारण नेकपा—माओवादी निर्वाचनबाट भाग्न खोजेको भन्दै महराले सम्मानजनक सिट दिनेगरिचुनावी सहकार्य गर्न तयार रहेको बताउनुभयो । आगामी संविधानसभा निर्वाचनमा वैचारिक भन्दा पनि राजनीतिक ध्रुवीकरण हुने नेता महराको भनाई छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

भारतीय नागरिकलाई आफ्नो छोरा भन्दै नेपाली नागरिकता दिलाउन खोज्ने एकजनालाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ । बाँके वनकट्टी ६ का वृजमोहन गडरियाले भारत श्रावस्तीका आशराम गडरियालाई आफ्नो छोरा भन्दै नागरिकता दिलाउन सिफारिस गरेको अवस्थामा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसअघि सोमबार नै लक्ष्मणपुर ६ का जलिल अहमद खाँले भारतिय नागरिक सहिजाद खाँ र हजाम खाँ लाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि पनि नेपाली नागरिकता लिन खोज्ने भारतीय र भारतीयलाई सिफारिस दिन खोज्ने गरि ६ जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

नेपाली सांगीतिक क्षेत्रका मूर्घन्य संगीत साधक गोपाल योञ्जनको निधन भएको आज १५ वर्ष पूरा भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत गीतमा आफ्नो अद्भूत श्रृजनाका कारण गोपाल योञ्जन सदा स्मरणीय मानिन्छन् । देशले रगत मागे मलाई बली चढाउ..नेपाली नेपालको माया छ कि छैन....धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई....छातीमा मेरो यो छोटा भोटो... जस्ता गोपाल योञ्जनका कालजयी गीत आज पनि उत्तिकै कर्णप्रिय र सान्दर्भिक छन् । गोपाल योञ्जन गीतका तीन वटै विधा स्वर,संगीत र रचनामा सफल थिए । वि.स. २००० सालमा दार्जिलिङमा जन्मिएर २०२४ साल देखि नेपाली सांगीतिक फांँटमा होमिएर गोपाल योञ्जनले नेपाललाई कर्मभूमि बनाएका थिए । स्वर सम्राट नारायाण गोपालसंगको मितेरीले गोपाल योञ्जनको सांगीतिक उचाई बढाउन ठूलो सहयोग पु¥याएको थियो । विभिन्न पुरस्कारबाट सम्मानित गोपाल योञ्जनको विक्रम सम्वत २०५४ साल जेठ ७ गते निधन भएको थियो ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

DONT FORGET TO CHECK BILLBOARD MUSIC AWARDS FULL LIST BELOW!!!http://profile.ak.fbcdn.net/hprofile-ak-ash4/274207_100002436018432_343924636_q.jpgTake-One RadioXpressMUSIC UPDATE # Swift sweeps Billboard Awards Taylor Swift was the toast of the Billboard Music Awards Sunday night, taking home a total of eight gongs. The country music darling won top prizes including Top Artist and Top Billboard 200 Album (Red). She was nominated for a total of 11 awards. The 23-year-old singer also took home Top Country Artist and Top Country Song for her hit We Are Never Getting Back Together. Taylor gushed as she accepted an award on behalf of her fans. She also took the opportunity to make light of her colourful love life, largely known as an inspiration for ballads and break-up anthems. 'You are the longest and best relationship I ever had,' she mused. She also performed her new single, 22. Gotye and Rihanna followed with four awards each. The Pour It Up singer took home top R&B Artist, Top R&B Album (Unapologetic), Top R&B Song (Diamonds) and Top Radio Song Artist. Justin Bieber, who also performed Take You at the event with will.i.am, walked away with three prizes, including Top Male Artist. The teen heartthrob has had a rough few months, with scathing reports about his bad behaviour on his ongoing world tour. He also took the opportunity to address the controversy. 'I'm 19-years-old and I think I'm doing a pretty good job,' Justin proclaimed. 'And basically from my heart I really just want to say it should really be about the music, it should be about the craft that I'm making. This is not a gimmick,' he continued, adding, 'I'm an artist and I should be taken seriously and all this other bull should not be spoken.' Other winners included Maroon 5, fun. and Nicki Minaj, who claimed Top Rap Artist early in the evening. The 2013 Billboard Music Awards were held at the MGM Grand Garden Arena in Las Vegas. Other performers included Selena Gomez, who sang her new single, Come & Get It; Macklemore & Ryan Lewis, who performed their hit track Thrift Shop; Bruno Mars Jennifer Lopez; Pitbull; Christina Aguilera; Ed Sheeran; David Guetta and Kacey Musgraves; and Chris Brown, who was criticised for appearing to have lost his voice in the middle of his four-minute set. Tracy Morgan was the evening's host. A full list of winners is as follows: Top Artist: Taylor Swift Top New Artist: One Direction Top Male Artist: Justin Bieber Top Female Artist: Taylor Swift Top Duo/Group: One Direction Top Billboard 200 Artist: Taylor Swift Top Hot 100 Artist: Maroon 5 Top Digital Songs Artist: Taylor Swift Top Radio Songs Artist: Rihanna Top Touring Artist: Madonna Top Social Artist: Justin Bieber Top Streaming Artist: Nicki Minaj Top Pop Artist: One Direction Top R&B Artist: Rihanna Top Rap Artist: Nicki Minaj Top Country Artist: Taylor Swift Top Rock Artist: fun. Top Latin Artist: Jenni Rivera Top Dance Artist: Madonna Top EDM Artist: David Guetta Top Billboard 200 Album: Taylor Swift, "Red" Top Pop Album: Adele "21" Top R&B Album: Rihanna "Unapologetic" Top Rap Album: Nicki Minaj "Pink Friday: Roman Reloaded" Top Country Album: Taylor Swift "Red" Top Rock Album: Mumford & Son "Babel" Top Latin Album: Jenni Rivera "Las Misma Gran Senora" Top Dance Album: Madonna "MDNA" Top EDM Album: Skrillex "Bangarang" Top Hot 100 Song: Gotye Featuring Kimbra "Somebody That I Used To Know" Top Digital Song: Carly Rae Jepsen, "Call Me Maybe" Top Radio Song: Gotye Featuring Kimbra "Somebody That I Used To Know" Top Streaming Song (Audio): Gotye Featuring Kimbra "Somebody That I Used To Know" Top Streaming Song (Video): PSY "Gangnam Style" Top Pop Song: Carly Rae Jepsen "Call Me Maybe" Top R&B Song: Rihanna "Diamonds" Top Rap Song: Macklamore and Ryan Lewis "Thrift Shop" Top Country Song: Taylor Swift "We Are Never Ever Getting Back Together" Top Rock Song: Gotye Featuring Kimbra "Somebody That I Used To Know" Top Latin Song: Michel Telo "Ai Se Eu Te Pego" Top Dance Song: Baauer "Harlem Shake" Top EDM Song: Baauer "Harlem Shake" Millenial Award: Justin Bieber

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

YO Yo HonEy SinGH !!http://profile.ak.fbcdn.net/hprofile-ak-ash4/274207_100002436018432_343924636_q.jpgTake-One RadioXpressMUSIC UPDATE # Indian Superstar Honey Singh charged with obscenity Pubjab rapper Honey Singh has been changed with obscenity and could face up to three months in prison. Singh faced court in India this week. The Punjab and Haryana high court cited the Punjab government for not taking action against the singer and now the Punjab police have registered a First Information Report (FIR) at the Nawanshahr police station. Honey Singh was charged under section 294 of the Indian Penal Code for Obscene Acts and Songs relating to his song 'Main Hoon Balatkari' (translation: I'm a rapist). According to Indian authorities, Singh's song 'provoked sexual violence against women'. Singh released death threats over the song. The action came of after the December 16 Delhi gang rape. The complaint filed by Parvinder Singh Kitna of Punjab Human Empowerment League says Singh 'promoted rape culture and had hurt all civilised Indians.'

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

DONT FORGET TO CHECK THE FULL BILLBOARD LIST BELOW!!CHEERS!!http://profile.ak.fbcdn.net/hprofile-ak-ash4/274207_100002436018432_343924636_q.jpgTake-One RadioXpressMUSIC UPDATE # Swift sweeps Billboard Awards Taylor Swift was the toast of the Billboard Music Awards Sunday night, taking home a total of eight gongs. The country music darling won top prizes including Top Artist and Top Billboard 200 Album (Red). She was nominated for a total of 11 awards. The 23-year-old singer also took home Top Country Artist and Top Country Song for her hit We Are Never Getting Back Together. Taylor gushed as she accepted an award on behalf of her fans. She also took the opportunity to make light of her colourful love life, largely known as an inspiration for ballads and break-up anthems. 'You are the longest and best relationship I ever had,' she mused. She also performed her new single, 22. Gotye and Rihanna followed with four awards each. The Pour It Up singer took home top R&B Artist, Top R&B Album (Unapologetic), Top R&B Song (Diamonds) and Top Radio Song Artist. Justin Bieber, who also performed Take You at the event with will.i.am, walked away with three prizes, including Top Male Artist. The teen heartthrob has had a rough few months, with scathing reports about his bad behaviour on his ongoing world tour. He also took the opportunity to address the controversy. 'I'm 19-years-old and I think I'm doing a pretty good job,' Justin proclaimed. 'And basically from my heart I really just want to say it should really be about the music, it should be about the craft that I'm making. This is not a gimmick,' he continued, adding, 'I'm an artist and I should be taken seriously and all this other bull should not be spoken.' Other winners included Maroon 5, fun. and Nicki Minaj, who claimed Top Rap Artist early in the evening. The 2013 Billboard Music Awards were held at the MGM Grand Garden Arena in Las Vegas. Other performers included Selena Gomez, who sang her new single, Come & Get It; Macklemore & Ryan Lewis, who performed their hit track Thrift Shop; Bruno Mars Jennifer Lopez; Pitbull; Christina Aguilera; Ed Sheeran; David Guetta and Kacey Musgraves; and Chris Brown, who was criticised for appearing to have lost his voice in the middle of his four-minute set. Tracy Morgan was the evening's host. A full list of winners is as follows: Top Artist: Taylor Swift Top New Artist: One Direction Top Male Artist: Justin Bieber Top Female Artist: Taylor Swift Top Duo/Group: One Direction Top Billboard 200 Artist: Taylor Swift Top Hot 100 Artist: Maroon 5 Top Digital Songs Artist: Taylor Swift Top Radio Songs Artist: Rihanna Top Touring Artist: Madonna Top Social Artist: Justin Bieber Top Streaming Artist: Nicki Minaj Top Pop Artist: One Direction Top R&B Artist: Rihanna Top Rap Artist: Nicki Minaj Top Country Artist: Taylor Swift Top Rock Artist: fun. Top Latin Artist: Jenni Rivera Top Dance Artist: Madonna Top EDM Artist: David Guetta Top Billboard 200 Album: Taylor Swift, "Red" Top Pop Album: Adele "21" Top R&B Album: Rihanna "Unapologetic" Top Rap Album: Nicki Minaj "Pink Friday: Roman Reloaded" Top Country Album: Taylor Swift "Red" Top Rock Album: Mumford & Son "Babel" Top Latin Album: Jenni Rivera "Las Misma Gran Senora" Top Dance Album: Madonna "MDNA" Top EDM Album: Skrillex "Bangarang" Top Hot 100 Song: Gotye Featuring Kimbra "Somebody That I Used To Know" Top Digital Song: Carly Rae Jepsen, "Call Me Maybe" Top Radio Song: Gotye Featuring Kimbra "Somebody That I Used To Know" Top Streaming Song (Audio): Gotye Featuring Kimbra "Somebody That I Used To Know" Top Streaming Song (Video): PSY "Gangnam Style" Top Pop Song: Carly Rae Jepsen "Call Me Maybe" Top R&B Song: Rihanna "Diamonds" Top Rap Song: Macklamore and Ryan Lewis "Thrift Shop" Top Country Song: Taylor Swift "We Are Never Ever Getting Back Together" Top Rock Song: Gotye Featuring Kimbra "Somebody That I Used To Know" Top Latin Song: Michel Telo "Ai Se Eu Te Pego" Top Dance Song: Baauer "Harlem Shake" Top EDM Song: Baauer "Harlem Shake" Millenial Award: Justin Bieber

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

कोलकाता नाईट राईडर्सलाई हराउँदै सनराईजर्स हैदरावाद भारतमा जारी इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट प्रतियोगिताको प्ले–अफमा प्रवेश गरेको छ । आईपीएलको अंक तालिकामा शिर्ष चार स्थानमा पर्न सफल टोलीले प्ले–अफ खेल्न पाउने नियम छ । जारी सिजन चेन्नई सुपर किङ्गस, मुम्बई इण्डियन्स, राजस्थान रोयल्स र हैदरावाद शिर्ष चार स्थानमा अटाएका छन् । गए रातिको खेलमा हैदरावादले जित दर्ता गरेपछि रोयल च्यालेन्जर्स बैंङलोर प्ले–अफ खेल्नबाट बन्चित भएको हो । आफ्नै मैदानमा घरेलु टोली हैदरावादले कोलकातालाई ५ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको कोलकाताले ७ विकेटको नोक्सानीमा १ सय ३० रन बनायो । युसुफ पठानले अविजित ४९ रन बनाए भने बलिङ्गतर्पm हैदरावादका डेल स्टेनले २ विकेट लिए । जवाफमा १ सय ३१ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । हैदरावादका पार्थिव पटेलले ४७ रन जोडे भने कोलकाताका इक्बाल अब्दुल्लाले ३ विकेट लिए । प्रतियोगिताको पहिलो प्ले–अफमा भोलि शिर्ष स्थानको चेन्नईले दोस्रो स्थानको मुम्बई इण्डियन्सको सामना गर्नेछ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

राजधानीमा जारी वाईवाई यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल वर्षाले प्रभावित भएको छ । कीर्तिपुर मैदानमा क्षेत्र नम्बर २ वीरगञ्जले क्षेत्र नम्बर ५ नेपालगञ्जबीच भइरहेको खेल वर्षाका कारण रद्द भएको हो । वर्षाले खेल रोकिनुपूर्व पहिले ब्याटिङ गरेको वीरगञ्जले कमजोर प्रदर्शन गर्दै १५ ओभर खेल्दा ६ विकेट गुमाएर मात्र ५० रन बनाएको थियो । यसअघि हिजोदेखि सुरु भएको प्रतियोगितामा वीरगञ्ज र नेपालगञ्जले विजयी सुरुवात गरेका थिए । वीरगञ्जले काठमाडौंलाई ४ विकेटले तथा नेपालगञ्जले जनकपुरलाई ४५ रनले हराउँदै विजयी शुरुवात गरेका हुन् । आठ टिमलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको छ ।

Like
  • 0 users like this.
Radio Xpress
Radio Xpress

इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १४ जना मारिएका छन् । विष्फोटमा परि अरु धेरै घाईते भएका छन् । बस स्टेशन र रेष्टुरेण्टलाई लक्षित गरि दुई वटा कार बम विष्फोट गराइएको स्थानिय अधिकारीहरुले जनाएका छन् । शिया मुश्लिम समुदायको बाहुल्यता रहेको बार्सामा गराइएको विष्फोटको केही समयमै बग्दादका विभिन्न क्षेत्रमा पनि बम विष्फोट गराइएको बीबीसीले जनाएको छ । इराकमा पछिल्लो समय शिया र सुन्नी समुदायबीच जारी राजनीतिक र साम्प्रदायि तनाबबीच हिंसाका घटना बढेका छन् ।

Like
  • 0 users like this.
Get our toolbar!
Review radiobeta.com on alexa.com

New widget!

Give your site visitors the best radio experience.
Easy and Free: Get Code!


Radios Argentina - Radios México - Francia Radios - Cameroon Radios - China Radios - Radios España - United States Radios - Radios Colombia - Radios Brazil - Germany Radios
2013 © RadioBeta - All rights reserved